शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….

सारांश

  • काठमाडौं, ५ साउन ।
  • डा.
  • गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा भएको कार्यक्रममा कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताको प्रवेशसँगै तनाव भएको छ ।

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा भएको कार्यक्रममा कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताको प्रवेशसँगै तनाव भएको छ । कुनै पनि दल वा संगठनको झण्डा नलिई शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरे पनि तरुण दल उक्त कार्यक्रममा आफ्नो झण्डासहित उपस्थित भएको थियो ।

माइतीघरबाट नयाँ बानेश्वरसम्म भएको र्यालीपछि कार्यक्रम जारी रहँदा एभरेस्ट होटलतर्फबाट तरुण दलका कार्यकर्ता सभास्थलमा प्रवेश गर्न खोजेका थिए । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा सभास्थलमा समेत तनाव भएको हो । नागरिक अगुवा कृष्ण पहाडीले सम्बोधन गरिरहँदा प्रहरीले अर्को तर्फबाट आएका तरुण दलका कार्यकर्तालाई तितरबितर पारेको थियो ।

“हामीलाई केही हुँदैन । शान्त रहनुहोला” भन्दै पहाडीले सभाका सहभागीलाई अनुरोध गरेका थिए । प्रहरीले तरुण दलका कार्यकर्तालाई भगाउन बल प्रयोग गरे पनि केसीको समर्थनमा जारी कार्यक्रममा भने असर परेको छैन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sarjan Gautam

    गोविन्द केसी को आन्दोलन मा हाम्रो समर्थन रहेको छ । प्रवुद्ध व्याक्तीहरुले गोविन्द केसी को समर्थन मा गरिरहेको आन्दोलन मा पनि हाम्रो ऐक्यबद्धता छ । स्वास्थ्य सम्बन्धी गोविन्द केसी को आन्दोलन ले स्वास्थ्य राज्यको दायित्व हो भन्ने मान्यता स्थापित गर्न सहयोग पुग्छ । तर गोविन्द केसी को आन्दोलन लाई समर्थन गर्ने नाममा काङ्ग्रेस र उसका भातृ संगठन ले चलाइरहेको आन्दोलन दुराशययुक्त छ । नवउदारीकरण अन्तर्गत स्वास्थ्य सेवा माफिया लाई बेच्ने काम पनि काङ्ग्रेस ले गरेको र हाल पनि उसले स्वास्थ सेवा राज्य को दायित्व हुने कुरालाई सैद्धान्तिक रुपले केन्द्रिय कार्य समिति बाट स्वीकार नगरेको हुनाले काङ्ग्रेस यो आन्दोलन को नक्कली सरोकारवाला हो । काङ्ग्रेस ले सत्ता को रोटी सेक्न गरेको प्रयासबाट गोबिन्द केसी को आन्दोलन लाई मुक्त राखेर नै त्यो आन्दोलन को नैतिक स्तर र मनोवल उच्च रहन सक्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?