पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
पुस ७ गते भित्र त्रिविमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन्।
  • त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जनाए।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको जनाए।

बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिए।

‘सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकुन्, सिंगो सामाजिक विषय शिक्षामा आउनुपर्यो। शिक्षा क्षेत्र मुक्तमनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्नुपर्छ। त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमार्फत् अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो।’, प्रधानमन्त्री ओलीले भने, ‘त्रिविमा मेरिटोक्रेसी हुनु राम्रो हो तर त्यो साँच्चैको हुनुपर्छ। त्यसका नाममा ड्रामा चल्नु हुनु हुँदैन। कुलपतिले हस्तक्षेप गरेको भनेर मिडियाबाजी पनि गरिएको छ, सही कुरामा कुलपतिका हैसियतले मैले भूमिका निर्वाह गर्नैपर्छ। मबाट हस्तक्षेप हुँदैन तर मेरिटोक्रेसी हुनुपर्छ भनेर मैले भनेको छु।’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘उपकुलपतिलाई त्यसो भन्नु मेरो कर्तव्य होइन र ?’

उनले सिनेट बैठकलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्वरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरुलाई आग्रह गरे। सिनेटका सदस्यले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

सभामा सामुदायिक क्याम्पस, प्राध्यापक, कर्मचारी, विद्यार्थी क्षेत्रका प्रतिनिधिले पदाधिकारीबाट पर्याप्त गृहकार्यविना प्रस्तावहरु प्रस्तुत भएको र त्रिविको विधिलाई पालना नगरिएको भन्दै असन्तुष्टि जनाएपछि कुलपति ओलीले कार्यसूचीमाथि छलफल सञ्चालन गरेका थिए।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा भएका समस्या र माग छन्, ती मागको विधिवत् सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले त्रिविको ऐन, नियम संशोधन गर्दा सम्बन्धित सरोकार भएका पक्षले सचेत भएर ध्यान दिन पनि आग्रह गरे।

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्थालगायत १२ बुँदे नीति पारित भएका छन्। प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली, गाउँलेले झाँकीसमेत देखाए
पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली, गाउँलेले झाँकीसमेत देखाए
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
Pakistan’s jailed former PM released on parole for wife’s funeral
Pakistan’s jailed former PM released on parole for wife’s funeral
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै
४ सन्तान सहित किन कोशीमा हाम फालिन रोशना खातुन ?
४ सन्तान सहित किन कोशीमा हाम फालिन रोशना खातुन ?
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ
नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ

तपाईंले छुटाउनुभयो कि?