बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
४९ पटक हेरिएको
Shares
बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता

सारांश

  • बलियो नेपाल पोषण पहल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता सम्पन्न भएको छ ।
  • बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता भएको हो ।
  • बलियो नेपाल संस्थामार्फत सरकारी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय तथा गैर सरकारी संस्थाहरू र नागरिक समाज र समुदायका समान विचारधारा भएका अग्रजहरुबाट सहयोग जुटाएर कुपोषण विरुद्धको सामूहिक प्रयासको परिकल्पना गरेको छ ।

बलियो नेपाल पोषण पहल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता सम्पन्न भएको छ । बाल पोषण प्रवद्र्धन गर्न बलियो नेपाल र राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानबिच सम्झौता भएको हो ।

बलियो नेपाल संस्थामार्फत सरकारी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय तथा गैर सरकारी संस्थाहरू र नागरिक समाज र समुदायका समान विचारधारा भएका अग्रजहरुबाट सहयोग जुटाएर कुपोषण विरुद्धको सामूहिक प्रयासको परिकल्पना गरेको छ । परिणामस्वरुप आउँदो पुस्ताले आफ्नो पूर्ण क्षमता हासिल गर्नेछ र सही पोषणको साथ आफ्नो सपना साकार गर्नेछ भन्ने विश्वास छ ।

बलियो नेपालले स्टन्टिङ स्तरलाई १५ प्रतिशतसम्म र्पुयाउने लक्ष्यमा पुग्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको दाङ जिल्लाको राप्ती उपक्षेत्रीय अस्पताल १४, घोराहीमा रहेको राज्यको स्वामित्वमा रहेको संस्थाको रूपमा सन् २०१७ मा स्थापना भएको हो । व्यवस्थापिका–संसद्बाट स्थापना भएको यो मेडिकल कलेजले २०७४ असोज १० गते ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको हो । सरकारले प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरेपछि उक्त विधेयक पारित भएको हो । राप्ती उप अञ्चल अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत गर्ने निर्णय उक्त क्षेत्रका जनतामा स्वास्थ्य सेवा सुविधा विस्तार गर्ने दिशामा एउटा ऐतिहासिक कदम हो । यसले क्षेत्रका आकांक्षी मेडिकल विद्यार्थीहरूलाई उनीहरूको घर नजिकै चिकित्सा अध्ययन र अभ्यास गर्ने अवसर पनि प्रदान गर्नेछ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बलियो नेपाल आन्दोलनलाई सहयोग गर्दै पोषण सम्बन्धी सचेतना र पोषण सम्बन्धी कार्यमा सहकार्यका लागि एक अर्कासँग आबद्ध हुने आशयमा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं ५ बाट विजयी भएका इश्वर पाख्ररेललाई नजिकबाट चिन्नुहोस्
काठमाडौं ५ बाट विजयी भएका इश्वर पाख्ररेललाई नजिकबाट चिन्नुहोस्
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
विद्या भण्डारी र नन्दबहादुर पुनलार्इ दोहोर्‍याउने तयारीमा ओली र प्रचण्ड
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
पीपीएल क्रिकेटः धनगढीकाे जित, शिर्ष ३ का लागि पाँच टाेली दावेदार
संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट सुरु
संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट सुरु
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
नेपाली क्रिकेटर सन्दीपले बनाए ५० विकेटको रेकर्ड
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह