नेकपाका चार भातृ संगठनको माग, मेडिकल कलेज राष्ट्रियकरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
नेकपाका चार भातृ संगठनको माग, मेडिकल कलेज राष्ट्रियकरण

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टीका ४ वटा भ्रातृ संगठनले निजी क्षेत्रबाट चलाइएका सम्पूर्ण मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका छन् ।
  • चार संगठनले संयुक्त विज्ञप्ति निकालेर मेडिकल कलेजहरुलाई गैरनाफामुखी बनाउन माग गरेका हुन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका ४ वटा भ्रातृ संगठनले निजी क्षेत्रबाट चलाइएका सम्पूर्ण मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका छन् । चार संगठनले संयुक्त विज्ञप्ति निकालेर मेडिकल कलेजहरुलाई गैरनाफामुखी बनाउन माग गरेका हुन् ।

युवा संघका अध्यक्ष रमेश पौडेल, वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नौबुँदे संयुक्त विज्ञप्ति निकाल्दै देशका सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

संविधानमा स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा राखिएकाले निजी मेडिकल कलेजलाई राष्ट्रियकरण, गैरनाफामुखी ट्रस्टमा रूपान्तरण गर्न विज्ञप्तिमा मार्फत माग गरिएको छ । सबै प्रदेशमा सुविधासम्पन्न सरकारी शिक्षण अस्पतालको सञ्चालनको प्रक्रिया शुरु गर्न माग छ ।
त्यसैगरी चिकित्सा शिक्षाभित्रको छात्रवृत्तिलाई न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शी ढंगले वितरण गर्न पनि माग गरिएको छ ।

त्यसैगरी स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउन पनि उनीहरूले माग छ । जनताको करबाट तलब खाने, तर जनतालाई सेवा नदिनेलाई तत्काल कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

स्वास्थ्य शिक्षामा देखिएका सबै समस्या दीर्घकालीन ढंगले समाधान गर्न उच्चस्तरीय चिकित्सा सेवा आयोग गठन गरी अविलम्ब काम सुचारु गर्नुपर्ने, चिकित्सा शिक्षासहित जल्दाबल्दा समस्याका विषयमा सार्वभौमसत्ता संसद्मा छलफल गर्ने र निकासको साझा थलो बनाउनुपर्ने विज्ञप्तिमा माग छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट समस्या निरूपण हुने भन्दै उनीहरूले डा। केसीको जारी अनशन वार्ताको माध्यमबाट तत्काल अन्त्य गर्न माग गरेका छन् । साथै डा. केसीको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको अन्त्य गर्न आग्रहसमेत गरिएको छ । नेम, भाइब्रेन्टजस्ता इन्स्टिच्युटमाथि छानबिन गरी कडा कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sharoj Bhattarai

    Good

    Comment Author

    खकिन्द्र वली

    राम्रोकामको सम्मान गरौ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?