सभामुख नेकपाले राख्न उपसभामुखलाई राजीनामा गराउने तयारी!
सारांश
- काठमाडौं।
- तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारमा मुछिएपछि अहिले नयाँ सभामुखको विषयमा चर्चा सुरु भएको छ।
- संविधानमा सभामुख र उसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने उल्लेख भएका कारण नयाँ सभामुख कसले पाउने भन्ने विषयमा चर्चा छ।
काठमाडौं। तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारमा मुछिएपछि अहिले नयाँ सभामुखको विषयमा चर्चा सुरु भएको छ। संविधानमा सभामुख र उसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने उल्लेख भएका कारण नयाँ सभामुख कसले पाउने भन्ने विषयमा चर्चा छ।
तर सत्तारुढ दल नेकपा जसरी पनि सभामुख आफैंले राख्ने दाउमा छ। त्यसका लागि वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ। संविधानको व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलले पाउने संभावना छैन।
प्रधानमन्त्री केपी ओली नयाँ सभामुख आफू निकट र विश्वासपात्र माएिका सुवास नेम्वाङलाई बनाउन चाहन्छन्। नेम्वाङको नाममा अर्का अध्यक्ष प्रचण्डपनि सकारात्मक छन्। तर प्रचण्डलाई पूर्वमाओवादी खेमाबाट सभामुख बनाउन दबाव छ। अहिले पूर्व माओवादीबाट देव गुरुङ, जनार्दन शर्मा र अग्नी सापकोटाको नाम चर्चामा छ। तर प्रधानमन्त्रीले चाहेको व्यक्तिमात्रै सभामुख हुने नेकपाका एक जना नेताले जनाए।
नयाँ सभामुख जुन खेमाबाट भएपनि त्यसका लागि वर्तमान उपसभामुख तुम्बाहाम्फेले राजीनमा दिनुपर्नेछ। वर्तमान उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको निर्वाचन हुने संभावना छैन।
त्यही विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दुई चरणमा छलफल भइसकेको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाएर उनलाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यस्तो अवस्थामा सभामुख पद नेकपाले पाउने र उपसभामुख फरक दललाई लिने बाटो खुल्छ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन्। केही समय भित्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेका कारण उपसभामुख तुम्बाहाम्फेले केही दिनभित्रै राजीनामा दिने स्रोतले जनाएको छ।
प्रतिक्रिया