प्रचण्डको प्रश्न, “ कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् ?
सारांश
- काठमाडौं, ७ साउन ।
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् भनी प्रश्न गरेका छन् ।
- ४०औं पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो प्रश्न गरेका हुन् ।
काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले कांग्रेसका राजनीतिक एजेण्डा सकिएकै हुन् भनी प्रश्न गरेका छन् । ४०औं पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो प्रश्न गरेका हुन् ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउँदै संघीय लोकतन्त्रिक गणतन्त्रलाई डा. गोविन्द केसीको पुच्छर समाएर अन्त्य गर्न खोजेको हो ? भन्दै अर्को प्रश्न पनि थपेका थिए ।
उनले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको लागि जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन् । अध्यक्ष प्रचण्डले लोकतान्त्रिक भनिने शक्तिले गोविन्द केसीको हत्या गरेर लाशमाथि राजनीति गर्न चाहेको आरोप लगाए ।
“डा. केसी १५ पटक अनशन बसे । धेरैपटक लोकतान्त्रिक भनिनेकै समयमा बसे । त्यो बेला के हेरेर बसेको ?” दाहालले प्रश्न गरे, “डा. केसी अनशन बस्ने, वार्ता पनि हुने र सहमति हुने प्रक्रिया पनि चलिरहने उनले बताएका थिए ।
प्रतिक्रिया