शेरबहादुर देउवाकाे विदेश भ्रमण स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ६ साउन ।
  • पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विदेश भ्रमण स्थगित गरेका छन्।
  • सभापति देउवाको एक हप्ते भ्रमणका लागि आइतबार सिंगापुर जाने कार्यक्रम थियो।

काठमाडाै, ६ साउन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो विदेश भ्रमण स्थगित गरेका छन्। सभापति देउवाको एक हप्ते भ्रमणका लागि आइतबार सिंगापुर जाने कार्यक्रम थियो। मुलुकको विकसित राजनीतिक परिस्थीतिका कारण सभापति देउवको सिंगापुर र जापान जाने कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ।

‘मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उहाँले विदेश भ्रमण स्थगन गर्नुभएको हो’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने। सरकार विरुद्ध आन्दोलनमा रहेको कांग्रेसले सभापति देउवा मुलुकमै रहनुपर्ने आवश्यकता रहेकाले भ्रमण स्थगित गरिएको जनाएको छ। डा गोविन्द केसीको समर्थनमा आन्दोलन चर्कँदै गएको भन्दै सभापति देउवाले वार्ताका माध्यमबाट समस्याको समधान गर्नुपर्ने बताएका छन्।

अाइतबार नै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई भने एक साता लामो युरोप भ्रमणमा गएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?