प्रदेश नं. २ मा सरकार विस्तार, तीनजना थपिए राज्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश नं. २ मा सरकार विस्तार, तीनजना थपिए राज्यमन्त्री

सारांश

  • जनकपुर, ९ साउन ।
  • प्रदेश नं.
  • २ मा सरकार विस्तार भएको छ ।

जनकपुर, ९ साउन । प्रदेश नं. २ मा सरकार विस्तार भएको छ । गठन भएको ५ महिनापछि प्रदेश २ को सरकार विस्तार भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले बुधवार ३ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका ३ नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री बनेका हुन् ।

जनकपुर चुरोट कारखानाको कबर्ड हलमा सम्पन्न शपथ समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरेका थिए । तर, मण्डल र शर्माले मैथिलीमा र झाले हिन्दीमा शपथ लिएका थिए । भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी डिम्पल नेता अनिल झाकी श्रीमती हुन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?