डा गोविन्द केसीले ताेड्ने भए अनशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १० साउन ।
  • अनसनरत प्राध्यापक डा गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
  • सहमतिसँगै २७ दिन लामो १५ औँ केसीको अनशन विहीबार नै टुंगिने भएको छ ।

काठमाडौँ, १० साउन । अनसनरत प्राध्यापक डा गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै २७ दिन लामो १५ औँ केसीको अनशन विहीबार नै टुंगिने भएको छ । सहमतिमा हस्ताक्षर गर्न सरकारी र डा केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको वार्तापछि सहमति हस्ताक्षर हुन लागेको हो । वार्तामा सरकारले संसदको पेश गरेको चिकित्सा शिक्षा विधेयक डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि वार्ता सफल भएको हो । सहमतिलगत्तै अनशन तोडाउन नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।
डा केसी चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका हुन् । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि अनसन बस्न केसी जुम्ला पुगेका थिए ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट गत बिहीबार अनसनको २० औं दिनमा काठमाडौँ ल्याएको थियो ।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Chandra Ojha

    Aab kahile anasan nabsnau hola yo aandolan ko aantya hos

    Comment Author

    Hom Prasai

    Good

    Comment Author

    Hari Shrestha

    डा. केशिको लगौटिको टाउकामा फेटा बांधेर केपि ओलि सरकारलाइ ढाल्न सकिन्छ कि भनेर त्यान्द्रो समाएकाहरु भोलि देखि कसको लगौटि समातेर सरकारको बिरोध गर्ने हुन ?

    Comment Author

    Ganesh Shakya

    अर्को अन्सन कहिले ?

    Comment Author

    Ratna Dyola

    K c ji panibachu jntakopni cho chori pani bachanu hos

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?