मध्य भोटेकोशीका कारण ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
मध्य भोटेकोशीका कारण ४ सय विद्यार्थी रहेको विद्यालयबाट २५० जना बाहिरिए

सारांश

  • सिन्धुपाल्चोक,२५ मंसिर ।
  •  १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्माण कार्यमा विलम्ब गरेको र स्थानीयसँग गरेको समझदारीपत्रलाई समयमा नै कार्यान्वयन गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् ।
  • सो आयोजनाबाट प्रत्यक्ष प्रभाव परेका ३२ घरघुरी र धनेश्वर मावि र स्वास्थ्यकेन्द्रका पदाधिकारीहरू समेत गरी निर्माण भएको संघर्ष समितिमार्फत् उनीहरू आन्दोलित भएका हुन् ।

सिन्धुपाल्चोक,२५ मंसिर । १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्माण कार्यमा विलम्ब गरेको र स्थानीयसँग गरेको समझदारीपत्रलाई समयमा नै कार्यान्वयन गरेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । सो आयोजनाबाट प्रत्यक्ष प्रभाव परेका ३२ घरघुरी र धनेश्वर मावि र स्वास्थ्यकेन्द्रका पदाधिकारीहरू समेत गरी निर्माण भएको संघर्ष समितिमार्फत् उनीहरू आन्दोलित भएका हुन् ।

गत मंसीर १६ गते धनेश्वर माविका परिसरमा पत्रकार सम्मेलन गरी सारोकारवालालाई जानकारी दिएका थिए । सो संघर्ष समितिको नेतृत्व धनेश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धीलाल श्रेष्ठले गरेका छन् । उनी भन्छन्– ‘मध्य भोटेकोशी आयोजनाले स्थानीयवासीसँग गरेको प्रतिवद्धता अनुसार काम समयमा नै गर्नुप¥यो । गरेको बाचा पूरा गर्नुको सट्टा उल्टै प्रहरी प्रशासनको आडमा स्थानीयबासीहरूलाई दुःखदिने जुन किसिमको रवैया आयोजनाले गरेको छ, यसबाट कसैको पनि कल्याण नहोला नि ।’ धनेश्वर माविका प्रधानाध्यापक बलराम खरेल भन्छन्–‘समयमा नै निर्माणकार्य सम्पन्न हुन नसक्दा नजिकै भएको धनेश्वर माविका विद्यार्थीहरू सधैँ त्राई–त्राईमा बस्नुपरिरहेको छ । पढ्ने वातावरण छैन । विगतमा ४०० जना विद्यार्थीहरू थिए, हाल हाएर १५० मा झरेको छ । धूलोधुवाँ र ध्वनी प्रदूषणका कारण भएका विद्यार्थीहरू पनि राम्ररी पढ्न नसकिरहेको अवस्था छ । विद्यालयको भवन समयमा निर्माण गरिदिएको भए विद्यार्थीले केही त्राण पाउँथे भन्ने प्रधानाध्यापक खरेल बताउँछन् ।

उता, वडा नं. ५ का अध्यक्ष सुब्बा लामा भन्छन्– ‘स्थानीयवासीहरूले ६ करोड लगानी गरेका मध्यभोटेकोशी जलविद्युत आयोजनाले समयमा काम नसक्दा ठूलो धनरासी नोक्सान हुने अवस्था छ । अहिले ३० प्रतिशतसम्म पनि काम नहुनुले परियोजनाले कर्मचारी पाल्ने र काममा अझै ढिलासुस्ती गर्ने कारणले निर्धारित समय सीमाभित्रै काम गर्न हामीले दवाव दिएका हौँ । सार्वजनिक महत्वका विद्यालय र स्वास्थ्यचौकी जस्तो अति संवेदनशील कुरालाई भवन निर्माण गर्ने कार्यमा समेत ढिलो गरेको छ । जसले जनतालाई प्रत्यक्ष समस्या परिरहेको पटकपटक अवगत गराउँदा पनि आलटाल गर्ने ढिलासुस्ती प्रवृत्तिलाई परियोजनाले रोक्नुपर्छ भन्ने हाम्रो अनुरोध हो, यो विरोध होइन ।’

परियोजनाको सम्पन्न हुने समय सकिन ७ महिना मात्र बाँकी रहँदा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७४ मंसीरमा निर्माण कार्य सम्पन्न हुने मिति सकिने छ । भुकम्प कारण ढिलासुस्ती दुई वर्ष थप म्याद पाएको थियो । सो परियोजनाको कुल लागत्र ६ करोड २० लाख अमेरिकी डलरमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिएको थियो । केही स्थानीय बासिन्दाले आयोजनाको बाँध क्षेत्रमा पर्ने जग्गाको मुआब्जा लिएर पनि सो जग्गा खाली नगरिदिएकाले समस्या परेको भन्दै निर्माण कम्पनी पन्छँदै आएको छ ।

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्ले ढिलाईका कारण लागतमा समेत वृद्धि भएको र अहिलेसम्म आयोजनाको लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेको धारणा राख्दै भन्छन्–‘लागत वृद्धिबारे औपचारिक निर्णय भइसकेको छैन, छलफल गर्दैछौँ हामी । ’

२०७४ वैशाख १९ मा नै सम्पन्न भइसक्नुपर्ने चाकु स्वास्थ्यचौकी र धनेश्वरी माध्यम विद्यालयको भवन अहिलेसम्म बन्न सकेको छैन । यी दुवै संस्थाले टहराबाट स्थानीइलाई सेवा प्रदान गरिरहेका छन् । यस परियोजनाका सम्बन्धमा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी भन्छन्–‘ सरकार र स्थानीय क्षेत्रको समेत लगानी रहेको यो परियोजना कुनै पनि हालमा रोकिनु हुन्न । ‘स्थानीयबासीसँग भएका समझदारीपत्र अनुरुप परियोजनाले काम गर्नुपर्दछ भन्ने पक्षमा हामी छौँ । हामीले गत मंगलबार सरोकारवाल सबै पक्षलाई राखी छलफल गराई वार्ता गराएका छौँ । साथै आउँदो मंसीर २७ गते अर्को बैठक बस्ने निर्णय गरी छिटोभन्दा छिटो स्थानीयको विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्ने सहमति भएको प्रजिअ अधिकारीले बताए ।

(https://colorreflections.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?