नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपाल र युएईबीच सहकार्यका लागि गृहमन्त्री र युएईका राजदूत भेटवार्ता

सारांश

  • काठमाडौँ, १० साउन ।
  • गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका छन् ।
  • गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युएई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

काठमाडौँ, १० साउन । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युएई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सिर्जना अवसर गरेर युएईले गर्दै आएको सहयोगप्रति धन्यवाद गरेका थिए । यस्तै उनले युएईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूुतसँग आग्रह गरे । सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारको तर्फबाट गरिएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे ।

भेटमा राजदूत नाक्बिले नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानको क्रममा नेपालको आग्रहअनुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए । उनले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युएईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युएई तयार रहेको प्रष्ट पारे । भेटमा युएईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदूत नाक्बिले गृहमन्त्री थापालाई युएई भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pramod DaDa

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?