नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?

सारांश

  • काठमाडौं, १६ साउन ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।
  • अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् भनेर आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् भनेर आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पार्टीको नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण सोधेका थिए । “पार्टीको जानकारीबिना तपाईंले किन भेट्नुभो ? कसको अनुमतिमा भेट्नुभो ? सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ” भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।

अध्यक्ष प्रचण्डले पनि “पार्टीको जानकारीबिना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको” भन्दै ओलीको भनाइलाई समर्थन जनाएको बताइएको छ । दुबै अध्यक्षको एउटै आशय पाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dev Raj Bharati

    याे पनि सरासर नेकपा भित्रकाे अधिनायकवाद हाे ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?