जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • आर्थिक वर्ष २०७४÷०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ ।
  • महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख छ हजार १५० असुल गरिएको हो ।

काठमाडौँ, १६ साउन । आर्थिक वर्ष २०७४÷०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ । महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप रु पाँच लाख छ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो आवमा १४२ जनाबाट रु पाँच लाख असुल गरेको थियो ।

महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरका अनुसार कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने १८१ जनालाई कारबाही गरेको हो । विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने गरिएको छ । हरेक दिन काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर जम्मा हुने गरेको छ । विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।

अहिलेसम्म कामपाले तोकिएको स्थानभन्दा अन्त फोहर थुपार्नेलाई सम्झाउने र कारबाहीस्वरुप आर्थिक रकम मात्रै असुल गर्दै आएको छ । आगामी दिनमा पनि यसरी भनेको नमानेर जहाँतहीँ फोहर फोलेको प्रमाणसहित फेला पारेमा संस्था र व्यक्तिलाई अन्य कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
चीन पुगेर उपराष्ट्रपति पुनले गरे जलविद्युत्, कृषि, पर्यटन, जडिबुटीमा लगानी गर्न आग्रह
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
फुलपातीको विशेष महत्व
फुलपातीको विशेष महत्व
विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
पूर्व क्रिकेटर इमरान खानको पार्टीले पाकिस्तान चलाउने !
पूर्व क्रिकेटर इमरान खानको पार्टीले पाकिस्तान चलाउने !
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि
काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि
नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार
नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स