जोशीको भाग्यको फैसला गर्ने संसदीय सुनुवाई समितिको बैठक सुरू

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
जोशीको भाग्यको फैसला गर्ने संसदीय सुनुवाई समितिको बैठक सुरू

सारांश

  • काठमाडाै,१६ साउन ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बिषयमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सिँहरदवारस्थित समितिको सभाकक्षमा सुरु भएको छ ।
  • दिउसो साढे तीन बजे बैठक बस्ने भनिएपनि कांग्रेस सांसद पुष्पा भूषाल बैठकमा आउन ढिलाई गरेपछि बैठकमा ढिलाई भएको हो ।

काठमाडाै,१६ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बिषयमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सिँहरदवारस्थित समितिको सभाकक्षमा सुरु भएको छ । दिउसो साढे तीन बजे बैठक बस्ने भनिएपनि कांग्रेस सांसद पुष्पा भूषाल बैठकमा आउन ढिलाई गरेपछि बैठकमा ढिलाई भएको हो ।

शैक्षिक प्रमाणपत्र सम्बन्त्री विवादमा तानिएका प्रस्तावित प्रधानन्यायाधीस जोशीको नाम अनुमोदन गर्नुपर्ने पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छ । तर सत्तारुढ नेकपाका सांसदहरु भने जोशीले गरेका कतिपय फैसला विवादास्पद रहेका र शैक्षिक प्रमाणपत्रपनि शंकास्पद रहेकाले अनुमोदन गर्न नहुने पक्षमा छन् । विहीबार (१० साउन) मा नै जोशीको सुनुवाई सकिएपनि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको विवादका कारण समितिले निर्णय गर्न सकेको छैन । समितिमा रहेका सत्तारुढ नेकपाका सदस्यहरु प्रक्रियामा गएर भएपनि आजै अन्तिम निर्णय दिनुपर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?