सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ दल नेकपाका सांसद सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचीएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुख मार्फत संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
  • प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन्।

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचीएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुख मार्फत संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन्। बैठककक्षमा भाँचिएको कुर्सीको आधी भाग उचालेर देखाउदै उनले भने, ‘चार पटक भयो सभामुख महोदय म यहाबाट लडेको। अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ ।

तर यो कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई? आगामी दिनमा यस्ता कुर्सी कम्तिमा नराखियोस्। यो त धराप भयो। त्यसकारण यो त धेरै गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाई पाउ भन्न पर्ने अवस्था आयो।’ उनको ध्यानाकषणसँगै संसद बैठक कक्षमा हासो छाएको थियो भने सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?