सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !

सारांश

  • उर्लाबारी, मोरङ, १८ साउन ।
  • मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ ।
  • सो अभियानअन्तर्गत लायन्स क्लब अफ लेटाङकी अध्यक्ष शान्ति लामा पाख्रिनको नेतृत्वमा लायन्स क्लब अफ पथरी, पथरी वाणिज्य संघसमेतको सहकार्यमा घरमा बनाइएको सेलरोटी दिएर बिहीबार पथरी बजारमा सहयोग रकम संकलन गरिएको हो।

उर्लाबारी, मोरङ, १८ साउन । मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ ।

सो अभियानअन्तर्गत लायन्स क्लब अफ लेटाङकी अध्यक्ष शान्ति लामा पाख्रिनको नेतृत्वमा लायन्स क्लब अफ पथरी, पथरी वाणिज्य संघसमेतको सहकार्यमा घरमा बनाइएको सेलरोटी दिएर बिहीबार पथरी बजारमा सहयोग रकम संकलन गरिएको हो। सेलरोटी र एक बोतल पानी दिँदै इच्छाअनुसारको सहयोग माग्ने क्रममा पथरी बजारबाट रु ७१ हजार ८८५ संकलन भएको थियो ।
उक्त रकममा नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिले सहयोगी टोलीलाई कार्यालयमै बोलाएर सहयोग रकम प्रदान गरेका थिए ।

‘लेटाङ प्रिन्सेस’– २०१८ की बिजेता सुजता खतिवडा, फष्ट रनरअप जानुका मगरसमेत सो अभियानमा सहभागी भई गत सोमबार बेलबारी बजारमा रु ६१ हजार २११ रकम संकलन गरेका थिए। विपन्न परिवारकी बालिकाको भरतपुर अस्पतालमा किमोथेरापी शुरु गरिएको छ । विदेशबाट पनि सहयोग प्राप्त हुँदै गरेको अभियानकी संयोजक शान्ति लामा पाख्रिनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?