जनगायक जीवन शर्माको राजिनामा अस्वीकृत, रक्तिमको सम्मेलन आज
सारांश
- काठमाडौं ।
- रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जीवन शर्माले पदबाट दिएको राजिनामा बहुमतले अस्वीकृत गरेको छ ।
- जनगायक जीवन शर्माले नेतृत्व गरेको रक्तिममा केही विवाद भएपछि उनले राजिनामा दिएका थिए ।
काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जीवन शर्माले पदबाट दिएको राजिनामा बहुमतले अस्वीकृत गरेको छ । जनगायक जीवन शर्माले नेतृत्व गरेको रक्तिममा केही विवाद भएपछि उनले राजिनामा दिएका थिए ।
साँस्कृतिक मोर्चा रहेको रक्तिमले जनवादी गीत, नृत्य, नाटक प्रस्तुत गर्ने गर्छ । जनगायक शर्माले नै रक्तिमको स्थापना गरेका थिए ।
आज बुधबार चौथो राष्ट्रिय रक्तिम सम्मेलन पोखरा सभागृहमा हुँदैछ । जनगायक शर्मा अध्यक्ष रहेको रक्तिमबाट शर्माले विविध कारण जनाउदै केन्द्रीय समितिको अध्यक्षबाट दिएको राजिनामा बैठकले अस्वीकृत गरेको केन्द्रीय सचिव दलबहादुर बिकले बताए ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । सम्मेलनमा विभिन्न साँस्कृतिक झाँकीहरु सहित जुलुस प्रदर्शन गरिने बताइएको छ । विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक, दर्शक सभागृहमा उपस्थित भएर कार्यक्रम गर्ने बताइएको छ ।
(Ultram)
प्रतिक्रिया