त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता

सारांश

  • काठमाडौं, ३० बैशाख ।
  • त्रिभुवन विश्वविद्यालय र भारतको हरियाणामा रहेको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता भएको छ ।
  • सोमबार विहान किर्तीपुरमा अवस्थित् त्रिविका उपकुलपतिको कार्यालयमा ओम स्टर्लिङ विश्वविद्यालयका भाईस चान्सलर प्रा।

काठमाडौं, ३० बैशाख । त्रिभुवन विश्वविद्यालय र भारतको हरियाणामा रहेको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता भएको छ ।सोमबार विहान किर्तीपुरमा अवस्थित् त्रिविका उपकुलपतिको कार्यालयमा ओम स्टर्लिङ विश्वविद्यालयका भाईस चान्सलर प्रा।डा। देवेन्द्र पाठक र त्रिवि उपकुलपति प्रा।तिर्थराज खनियाँबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताको मुख्य उद्देश्य भनेको नै द्धिपक्षीय शैक्षिक सम्बन्धलाई बढावा दिने र सहकार्य गर्ने रहेको सम्झौतामा उल्लेख गरिएको छ । सम्झौताअनुसार शैक्षिक कार्यक्रमहरु आदान–प्रदान गर्ने, द्धिपक्षीय अनुशन्धानका कामहरु अघि बढाउने, विद्यार्थीहरु आदान प्रदान गर्ने, विभिन्न सेमिनार तथा एकेडेमिक बैठकहरुमा सहभागी हुने, शैक्षिक सामाग्रीहरु आदान प्रदान गर्ने र त्यस्तै द्धिपक्षीय लाभका आधारमा गतिविधिहरु अघि बढाउनेलगायत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?