गोरखामा प्रहरीमाथि आक्रमण

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • गोरखा,  २० साउन ।
  • गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँमा शव चिरफार गर्न संलग्न रहेका युवालाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि आक्रमण भएको छ।
  • बोक्सी लागेर ५२ वर्षीय भीमकुमार गुरुङको मृत्यु भएको र पेटमा सर्प, भ्यागुता, छेपारो रहेको भन्दै साउन ११ गते युवाहरूले शव चिरफार गरेको घटना सार्वजानिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

गोरखा,  २० साउन । गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँमा शव चिरफार गर्न संलग्न रहेका युवालाई नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि आक्रमण भएको छ। बोक्सी लागेर ५२ वर्षीय भीमकुमार गुरुङको मृत्यु भएको र पेटमा सर्प, भ्यागुता, छेपारो रहेको भन्दै साउन ११ गते युवाहरूले शव चिरफार गरेको घटना सार्वजानिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरी चौकी मान्वुबाट काशीगाउँ पुगेका सात जना प्रहरी टोलीमाथि स्थानीय युवाहरूले शनिबार आक्रमण गरेका हुन्। आक्रमणबाट दुई जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरी उपरीक्षक विमल बस्नेतका अनुसार शव चिरफार गर्ने र स्थानीय दुई जना महिलालाई बोक्सी आरोप लगाउनेहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो।

आमा र दिदीलाई बोक्सी आरोप लगाइएको भन्दै सोममाया गुरुङले प्रहरीकहाँ उजुरी दिएपछि काशीगाउँमा प्रहरी पुगेको थियो। विवाद मिलाउन छलफल गर्न लागेका जनप्रतिनिधिमाथि पनि आक्रमण भएको छ। कान्ते गुरुङ र आशबहादुर घलेलाई कुटपिट गरिएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सुजन कार्कीसहित १२ र ९ जना सशस्त्र प्रहरी पठाइएको छ।

प्रहरीले शव चिरफार गर्ने र बोक्सी आरोपित गर्ने समूहलाई नियन्त्रणमा लिएर कारबाही गर्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?