कृष्णप्रसाद अधिकारीका हत्या आरोपी पौडेलले गरे आत्मसमर्णण
सारांश
- काठमाडौं, २४ असार ।
- नन्दप्रसाद अधिकारी र गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्णण गरेका छन्।
- पौडेललाई गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले २०७२ पुस ६ गते सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
काठमाडौं, २४ असार । नन्दप्रसाद अधिकारी र गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्णण गरेका छन्।
पौडेललाई गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले २०७२ पुस ६ गते सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
उक्त आदेशपछि फरार रहेका पौडेलले आइतबार आत्मसमर्पण गरेका हुन्। पौडेललाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Meera Heju
अब अनशन तोडिनु पर्यो शनि आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्यो ।ढिलो चाडोमात्र हो , न्याय अबश्य मिल्छ ।
Obindra Thapa
अब आफैले अदालत समक्ष आत्मसमर्पण गरेको ले आचरण सुधार भएको भन्दै सरकारको सिफारिसमा छिटो रास्ट्रपति को आममाफी भै कैद मुक्त हुने छ्न ?
Sharoj Bhattarai
Good