आज प्रधानमन्त्री ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आज प्रधानमन्त्री ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा

सारांश

  • आइतबार मन्त्रिपरिषद बैठकमा करिब १० मिनेट जति मात्रै उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गए राति समस्या देखिए पछि अस्पताल भर्ना गरिएको हो ।
  • प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
  • चिकित्सकहरुले उनको लिक्वीड प्रोफाइल चेक गरिरहेका छन् ।

आइतबार मन्त्रिपरिषद बैठकमा करिब १० मिनेट जति मात्रै उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गए राति समस्या देखिए पछि अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । चिकित्सकहरुले उनको लिक्वीड प्रोफाइल चेक गरिरहेका छन् । उनलाई आज अस्पतालमै राखिने भएको छ । उनको नीजि सचिवालयले दिएको जानकारी अनुसार २४ घण्टा चिकित्सकको नीगरानीमा राख्नु पर्ने भएकाले सोमबार प्रधानमन्त्री ओली अस्पतालमै रहने छन् ।

प्रधानमन्त्र ओली केहि दिनदेखि बिरामी रहेका थिए । उनलाई रुघाखोकी र ज्वरोले सताएको थियो । उनको काठमाडौँ महारागञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । उपचारमा चिकित्सक अरुण सायमी, दिलीप शर्मा, सन्तकुमार दास, शिक्षण अस्पतालका आइसियु इन्चार्ज चिकित्सक सुवास आचार्य, प्रकाश काफ्लेसहित सामेल भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?