उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा

सारांश

  • माधव बेल्वासे कपिलवस्तु, २० साउन ।
  • कपिलवस्तुका उखु किसानहरुले सरकारले दिने अनुदान अहिलेसम्म पाउन सकेका छैनन् ।
  • आ.

माधव बेल्वासे

कपिलवस्तु, २० साउन । कपिलवस्तुका उखु किसानहरुले सरकारले दिने अनुदान अहिलेसम्म पाउन सकेका छैनन् । आ.व. २०७१÷७२ मा सरकारले प्रतिक्वीन्टल २५ रुपैयाँको दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा किसानहरु चिन्तित भएका छन् ।

कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन् । उखु कृषक ओमप्रकाश चौधरीले अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तुका किसानले नपाउनुको कारण सोेधेका छन् । करिव ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिलेसम्म किन पाउन सकिएन ? किसानहरुलाई आशा देखाएर नदिनु गलत भएको भन्दै सरकारले किसानहरुलाई तुरुन्त सो अनुदानको रकम दिन आग्रह गरे ।

कपिलवस्तुमा मात्र करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पूर्ण पक्रिया पूरा गरेपनि पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए । पटकपटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो छ । सुगर मिलले कागजपत्रमा ढिलाई गरेको लगायतका कारण देखाउँदै सो रकम नदिएको चौधरीले बताए ।

केही गरे पनि अनुदान रकम नदिएपछि कपिलवस्तुको किसान संघको बैठक बसी आन्दोलनका कायर्कक्रमहरु घोषणा गरिएको छ । साउन २० गते आइतवार आन्दोलनकै कार्यक्रमअन्तरर्गत इलाका प्रशासन कार्यालयमार्फत सम्बन्धित मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

साउन २५ गतेसम्म कुनै सुनुवाई नभएमा आन्दोलनको विकल्प नरहेको अध्यक्ष चौधरीले बताए । साउन २७ गते दिउँसो १२ बजेदेखि १ बजेसम्म इलाका प्रशासन कार्यालय चन्द्रौटामा शान्तिपूर्ण धर्ना प्रदर्शन गर्ने, साउन २९ गतेदेखि अनिश्चितकालको लागि कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीसहितको टोली अनशन बस्ने निर्णय भएको कपिलवस्तु किसान संघले जनाएको छ ।

आइतवार ज्ञापनपत्र वुझ्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले सम्बन्धित मन्त्रालयलाई सो ज्ञापनपत्र पुर्याउने आश्वासन दिए । अधिकृत अर्यालले आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्णरुपमा गर्न कपिलवस्तु किसान संघका पदाधिकारीहरुलाई आग्रह पनि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट
फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
दुर्घटनामा घाइते प्रदेश सांसद वलीको निधन
दुर्घटनामा घाइते प्रदेश सांसद वलीको निधन
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !
रेशम चौधरीलाई हतकडी लगाएरै उपचार !
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न

तपाईंले छुटाउनुभयो कि?