प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
सारांश
- काठमाडौं, पुस २८ ।
- नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ ।
- कानून व्यवसायीहरुको छाता संगठन एसोसियसनले डा.
काठमाडौं, पुस २८ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । कानून व्यवसायीहरुको छाता संगठन एसोसियसनले डा. गोविन्द केसीको मुद्दामा पराजुलीको बचाउ गरेको हो ।
बार एशोसियसनले एक विज्ञप्ति जारी गर्दै अनसन बसेर राखेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ । डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै बार एशोसिएसनले पराजुलीको बचाउ गरेको छ ।
विज्ञप्तिमा अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न पाइने भएपनि व्यक्तिगत लान्छना लगाउनु तथा अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको उल्लेख गरिएको छ । आफू अनुकुल आदेश नआउँदा प्रधानन्यायाधीशको राजीनामा माग्दै जाने हो भने प्रक्रिया र पद्दतीको विकास हुने विज्ञप्तिमा लेखिएको छ ।
बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ ।
बार एशोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ ।

प्रतिक्रिया