फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
फेसबुकमा फोटो अपलोड गर्दा डाक्टरको जागिर चैट

सारांश

  • काठमाडौं, असार ११ ।
  • म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको खवरले चर्चा पाईरहेको छ ।
  • मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले छोटो कपडा लगाएर खिचेको फोटो फेसबुकमा अपलोड गरेकै आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको समाचारहरुमा जनाइएको छ ।

काठमाडौं, असार ११ । म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको खवरले चर्चा पाईरहेको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले छोटो कपडा लगाएर खिचेको फोटो फेसबुकमा अपलोड गरेकै आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको समाचारहरुमा जनाइएको छ ।२८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकबाट बोल्ड तस्वीरहरु सार्वजनिक गर्दे आएकी थिईन । जसलाई उनले पछिल्लो पटक पनि निरन्तरात दिईन ।अहिले उनले आफ्नो स्वतन्त्रताको हनन गरिएको गुनासो गर्दे लाइसेन्स रद्द गर्ने मेडिकल काउन्सिलको निर्णयको उनले विरोध जनाएकी छन ।तर, उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको मेडिकल काउन्सिलले ठहर गरेको हो।कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर फेरी फेसबुकमा अपलोड नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिइसकेको छ । तर, उनले भने मानिरहेकि छैनन् । उनको विवादित तस्विरमा १८ हजार लाइक र ५६ सय कमेन्ट आएका छन् ।

उनलाई काउन्सिलले सोधेको छ, ‘तपाई एक पेशेवर चिकित्सक हो । यदी तपाईलाई मोडलिङ अथवा चिकित्सक मध्ये एक रोज्नुपर्छ । तपाई दुवै लिन सक्नुहुन्न किनभने यी दुई एकअर्काका विरोधी हुन् ।’अस्पतालमा आफूले डाक्टरकै पहिरन लगाउने र निजी जीवनमा आफूले चाहे जस्तो कपडा लगाउने उनले काउन्सिललाई जवाव दिएको बताइएको छ ।एजेन्सी

यो पनि पढ्नुहोस्

एसइईको नतिजा आज सार्वजनिक हुने

काठमाडौं। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ। विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको छट।यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो। संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?