छत्तिसगढमा १४ माओवादी विद्रोहीको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
छत्तिसगढमा १४ माओवादी विद्रोहीको मृत्यु !

सारांश

  • छत्तीसगढ, साउन २१ ।
  • भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् ।
  • सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् ।

छत्तीसगढ, साउन २१ । भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ ।

यही महिनाको सुरुमा छत्तीसगढमा विगत दुई वर्षको अन्तरालमा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २४७ जना माओवादी लडाकू मारिएको विवरण माओवादीले नै सार्वजनिक गरेको पर्चामा उल्लेख रहेको प्रहरीले जनाएको छ । क्सलविरोधी अभियान सम्बन्धी विशेष महानिर्देशक डिएम अवस्थीले अगस्ट २०१६ देखि जुलाई २०१८ को अवधिमा भएका ५०० भन्दा बढी झडपमा २०८ जना माओवादी लडाकूको शब प्रहरीले बरामद गरिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?