नेपालको तेस्रो सिकार थाइल्याण्ड !
सारांश
- काठमाडौँ, २१ असोज ।
- सन २०२० मा अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग भिड्ने भएको ।
- पछिल्ला दुई खेलमा म्यानमार र मलेसिया विरुद्ध सहज जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसँग भिड्ने भएको हो ।
काठमाडौँ, २१ असोज । सन २०२० मा अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग भिड्ने भएको । पछिल्ला दुई खेलमा म्यानमार र मलेसिया विरुद्ध सहज जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसँग भिड्ने भएको हो । खेल मलेसियामा नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा हुनेछ ।
थाइल्याण्ड र नेपाल दुवै अपराजित यात्रामा छन् । तीन खेल खेलेको थाइल्याण्ड दुई खेलमा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ । थाइल्याण्डको एउटा खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो । त्यस्तै नेपाल दुई खेलबाट चार अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा म्यानमारलाई आठ विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई पनि आठ विकेटले नै पराजित गरेको थियो । तीन खेलमध्ये सबैमा जित हाँसिल गरेको सिंगापुर अंकतालिकाको शिर्ष स्थानमा छ ।
नेपालले अब भुटान, चीन र सिंगापुरसँग खेल्न बाँकी छ । यस प्रतियोगिताबाट शिर्ष तीनमा रहने टोली अर्को चरणको छनोट प्रतियोगिता खेल्नेछन् । अर्को समूह ए बाट भने युएइ, कतार र कुवेत दोस्रो चरणको छनोट प्रतियोगितामा स्थान बनाएका छन् । एसिया छनोट प्रतियोगिताबाट दुई टोलि विश्वव्यापि छनोट प्रतियोगितामा भाग लिन पाउनेछन् । जहाँ जम्मा १४ टोली सम्मिलित हुनेछन् र शिर्ष ६ टोलि २०२० मा हुने टि ट्वान्टि विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।
प्रतिक्रिया