पहिरोले दुई घर भत्कायो, १० लाखभन्दा बढी क्षति !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पहिरोले दुई घर भत्कायो, १० लाखभन्दा बढी क्षति !

सारांश

  • नुवाकोट, २१ साउन ।
  • जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ ।
  •  ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ ।

नुवाकोट, २१ साउन । जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ । ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको परिवार विस्थापित भएका छन् । पहिरोबाट रु १० लाखभन्दा बढी क्षति भएको पीडित परिवारले जनाएको छ ।

यसैगरी सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा गएराति पहिरो जाँदा स्थानीय रामकुमार पटुवारको चारकोठे घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भूकम्पको राहत पैसाले निर्माण गरेको सो घरसँगै पहिराले गोठसमेत पुर्दा उहाँको एउटा दुहुनोे भँैसी र एउटा पाडीसमेत मरेको छ । पहिरोको कारण पटुवारको लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?