आज कुन मुद्रा कतिमा हुँदै छ काराेबार?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०८०
|
|
२८ पटक हेरिएको
Shares
आज कुन मुद्रा कतिमा हुँदै छ काराेबार?

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
  • जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ।

अघिल्लो दुईदिन पनि अमेरिकी डलरको कारोबार सोही मूल्यमा भएको थियो। यसैगरी आज १८ पैसाले घटेको छ। मंगलबार युरो एकको खरिदमा १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९९ पैसा कायम गरिएको छ।

सोमबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको सोमबार खरिददर १६८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रूपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७९ पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९ रूपैयाँ ९४ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ६ पैसा र बिक्रीदर २८ रूपैयाँ १८ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
नक्कली भ्याटबिलमा तानिए सेनाका ठेकेदार
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी
गृह मातहतका सबै निकायमा ढिलासुस्ती गरिएमा मान्य नहुने गृहमन्त्रीको चेतावनी
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?

तपाईंले छुटाउनुभयो कि?