मुस्लिम राष्ट्रमध्ये कतारको प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मुस्लिम राष्ट्रमध्ये  कतारको प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी

सारांश

  • काठमाडौं, ३ वैशाख ।
  • विश्व अहिले सिरियामा भएको नरसंहारको घटनाले त्रस्त छ ।
  • विगत आठ वर्षयता सिरियामा सुरु भएको गृहयुद्धका कारण एक करोड बढी मानिस विस्थापित भएर अरु नै देशमा शरणार्थी भएर बसेका छन् ।

काठमाडौं, ३ वैशाख । विश्व अहिले सिरियामा भएको नरसंहारको घटनाले त्रस्त छ । विगत आठ वर्षयता सिरियामा सुरु भएको गृहयुद्धका कारण एक करोड बढी मानिस विस्थापित भएर अरु नै देशमा शरणार्थी भएर बसेका छन् । सिरिया मुस्लिम राष्ट्र हो ।

विश्वमा ३६ वटा मुस्लिम राष्ट्र भएको मानिन्छ । अधिकांश मुस्लिम राष्ट्र गृहयुद्ध, युद्ध र आतंकवादले ग्रस्त छन् । तर, पनि केही यस्ता मुस्लिम राष्ट्र छन्, जसको प्रतिव्यक्ति आम्दानी विकसित देशका भन्दा धेरै छ । एसिया, युरोप, अफ्रिका महादेशका मुस्लिम राष्ट्रका प्रतिव्यक्ति आम्दानी युरोपका अन्य देशको हाराहारीमै रहेको छ ।

एसियाली राष्ट्र कतार सबैभन्दा धेरै प्रतिव्यक्ति आम्दानी भएको मुस्लिम राष्ट्र हो । त्यहाँको प्रतिव्यक्ति आम्दानी ६५ हजार १६० अमेरिकी डलर रहेको छ । कतार पेट्रोलियम पदार्थ निर्यात गरेर धनी बनेको मुलुक हो । कतारपछि इजरायली जनताको आम्दानी धेरै छ । इजरायलको प्रतिव्यक्ति आम्दानी ४० हजार ७६० अमेरिकी डलर छ ।

 

यस्तै, पछिल्लो समय अन्तर्राष्ट्रिय केन्द्र बनेको युएईको प्रतिव्यक्ति आम्दानी इजरायलको हाराहारीमा छ । त्यहाँ ३८ हजार ४४० अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी छ । कुनै समय इराकको आक्रमणको मुख्य निशानामा परेको कुवेतको प्रतिव्यक्ति आम्दानी २८ हजार २००, साइप्रसको २६ हजार ७४०, साउदी अरेबियाको २१ हजार ४५०, ओमानको १७ हजार ६६०, लेबनानको १२ हजार ८० अमेरिकी डलर रहेको छ ।

यसैगरी, टर्कीको ११ हजार १२०, लिवियाको सात हजार २९०, जोर्डन पाँच हजार ४०, इराकको पाँच हजार ९०, इरानको चार हजार ८४०, अल्जेरियाको चार हजार २५०, इजिप्टको तीन हजार ६०, ट्युनिसियाको तीन हजार ४३० र यमनको ८३० अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?