नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?

सारांश

  • अहमद मुसाले दोहोरो गोल गरेपछि नाइजेरियाले विश्वकपको डेब्यू टोली अाइसल्याण्डलार्इ २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै राखेको छ।
  • पराजित अाइसल्याण्डको सम्भावना पनि बाँकी नै छ भने नतिजाले यसै समूहकाे अर्जेन्टिनालार्इ पनि राहात पुगेको छ।
  •   समूह डी को खेलमा जितसँगै नाइजेरिया ३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।

अहमद मुसाले दोहोरो गोल गरेपछि नाइजेरियाले विश्वकपको डेब्यू टोली अाइसल्याण्डलार्इ २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै राखेको छ।

पराजित अाइसल्याण्डको सम्भावना पनि बाँकी नै छ भने नतिजाले यसै समूहकाे अर्जेन्टिनालार्इ पनि राहात पुगेको छ। 

समूह डी को खेलमा जितसँगै नाइजेरिया ३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा उसले अर्जेन्टिनालार्इ पराजित गरे या बराबरी खेले दोस्रो चरणमा स्थान बनाउने छ। त्यस्तोमा अाइसल्याण्डले अन्तिम खेलमा भने कोएशियासँग जित्नु हुँदैन। 

यता, १ अंक रहेको अाइसल्याण्डले अन्तिम खेलमा क्रोएशियालार्इ पराजित गरे ४ अंकका साथ उसले दोस्रोमा स्थान बनाउने छ। त्यस अवस्थामा नाइजेरिया अर्जेन्टिनासँग पराजित हुनुपर्छ भने गोलअन्तरमा अाइसल्याण्डले अर्जेन्टिनालार्इ जित्नुपर्छ।

पहिलो खेलमा बराबरी र दोस्रो खेलमा हार बेहोरेको अर्जेन्टिनालार्इ नाइजेरियाको जितले राहात दिएको छ। अबको समिकरणमा अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालार्इ पराजित गरेमा र अाइसल्याण्ड क्रोएशियासँग हार बेहोरेमा लियोनल मेस्सीको टोली अर्जेन्टिना समूहको दोस्रो बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछ।

अब अर्जेन्टिनाले अाउँदो मंगलबार नाइजेरियाको सामना गर्नेछ भने सोही दिन अाइसल्याण्डको भेट क्रोएसियासँग हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?