बराबरीमा रोकियो रियल म्याड्रिड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३, २०८१
|
|
३० पटक हेरिएको
Shares
बराबरीमा रोकियो रियल म्याड्रिड

सारांश

  • काठमाडौं।
  • स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ।
  • गएराति सम्पन्न खेलमा रियल म्याड्रिड मल्लोर्कासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ।

गएराति सम्पन्न खेलमा रियल म्याड्रिड मल्लोर्कासँग १-१ गोलको बराबरीमा रोकिएको हो । रियल म्याड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा रियल म्याड्रिडका फेर्लान्ड मेन्डीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा मैदान छोडेका थिए ।

यो बराबरीपछि रियल म्याड्रिड र मल्लोर्काले एक एक अंक बाँडेका छन् र दुवैले नयाँ सिजनमा औसत शुरुवात गरेका छन् । यसै खेलबाट किलीयन एम्बाप्पेले ला लिगामा डेभ्यु समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?