मिस वल्र्ड भोटिंगमा शृंखला अन्य प्रतिस्पर्धीभन्दा धेरै अगाडि
सारांश
- काठमाडौं ।
- चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा यो पटक नेपालले कमाल गर्ने सम्भावना बढेको छ ।
- मिसवल्र्डको भोटिंग च्वाइसमा नेपालकी शृंखला खतिवडाले बाजी मार्ने सम्भावना बढेको सोमबारसम्मको भोटिंगले देखिएको छ ।
काठमाडौं । चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा यो पटक नेपालले कमाल गर्ने सम्भावना बढेको छ । मिसवल्र्डको भोटिंग च्वाइसमा नेपालकी शृंखला खतिवडाले बाजी मार्ने सम्भावना बढेको सोमबारसम्मको भोटिंगले देखिएको छ ।
खतिवडाले ३८ दशमलव ३६ प्रतिशत भोट पाउँदा उनका प्रतिस्पर्धी भने बिलो फाइभमा छन् । दुईजना अन्य प्रतिस्पर्धी कजास्कितानकी येकाटेरिनाले ५ प्रतिशत भोट पाएकी छन् भने भियतनामकी भी ट्रानको पनि भोट प्रतिशत ५ छ ।
नेपालकी खतिवडा यी प्रतिस्पर्धीभन्दा निकै अगाडी देखिएकाले भोटिंगमा अब उनलाई उछिन्न अन्य प्रतिस्पर्धीलाई निकै गाह्रो पर्ने देखिएकाले यो पटक नेपालले खाली हात फर्किनु नपर्ने देखिएको हो ।
भोटिंग मंगलबारसम्म हुने जनाइएको छ । यद्यपी विश्व सुन्दरी बन्न भोटिंगलेमात्र पुग्दैन । अन्य विधामा पनि परीक्षण हुने गर्छ ।
प्रतिक्रिया