विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !

सारांश

  • ढाका, २१ साउन ।
  •   सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ ।
  •  ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो ।

ढाका, २१ साउन ।  सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रीपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिनुभयो ।
प्रस्तावित कानूनको मस्यौदामा दोषीलाई धरौटीमा छुट्न नमिल्ने र पाँच बर्षभन्दा बढी समय जेल सजाय हुने व्यवस्था गरिएको छ ।

बङ्लादेशको अहिलेको कानूनमा ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई धरौटीमा छुट्न मिल्ने र बढीमा तीन बर्ष जेल सजाय हुने व्यवस्था रहेको छ । सवारी चालकको लापर्वाहीका कारण आफ्ना दुई जना साथीहरूको मृत्यु भएपछि कडा कानूनको माग गर्दै बङ्लादेशमा केही दिनदेखि विद्यार्थीहरूले आन्दोलन गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?