नाचगान गरेर जुटाएको पैसाले सामुदायिक भवन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • बाबियाचौर, म्याग्दी, २५ वैशाख , म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङको कुम्रीमा महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन निर्माण गरेका छन् ।
  • प्रगतिशील आमा समूहमा आबद्ध महिलाले रु ३० लाखको लागतमा तीनकोठे भवन निर्माण गरेका हुन् ।
  • प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद परिचालन गरेर भवन निर्माण गरिएको समूहकी अध्यक्ष रत्नकला जुक्जालीले जानकारी दिनुभयो ।

बाबियाचौर, म्याग्दी, २५ वैशाख , म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङको कुम्रीमा महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन निर्माण गरेका छन् ।

प्रगतिशील आमा समूहमा आबद्ध महिलाले रु ३० लाखको लागतमा तीनकोठे भवन निर्माण गरेका हुन् । प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद परिचालन गरेर भवन निर्माण गरिएको समूहकी अध्यक्ष रत्नकला जुक्जालीले जानकारी दिनुभयो ।

अध्यक्ष जुक्जालीका अनुसार समूहको कोषबाट रु १० लाख ८२ हजार ३२१, गाउँपालिका, वडा, जिल्ला समन्वय समिति, सांसद विकास कोष र प्रवासीको रु नौ लाख ७६ हजार २५ र ४५ घरधुरीले ३० दिनका दरले रु नौ लाख ५० हजार बराबरको श्रमदानमा भवन निर्माण भएको हो ।

भवन परिसर घेराबारका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु तीन लाख ५० हजार उपलब्ध गराएको थियो । यसैगरी प्रवासमा रहेका मराङका बासिन्दाले रु तीन लाख २६ हजार २५ सहयोग गरेका छन् । भवन परिसरमा गाउँपालिका र वडाको थप रु दुई लाख अनुदानमा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको समूहकी सचिव टकमती पुनले जानकारी दिनुभयो ।

आमा समूहले मराङमा प्रवासबाट गाउँमा आएका लाहुरेलाई सांस्कृतिक कार्यक्रम गरेर स्वागत गर्छन् । यसैगरी विवाह, छेवार, व्रतबन्धमा परम्परागत खेली गीत, पुख्यौली नाच र भजनकीर्तन गर्छन् । गाउँमा कसैको मृत्यु भएमा किरिया कर्ममा आमा समूहले सघाउँछन् । भोज भतेरका लागि भाँडा भाडामा लगाउँछन् ।

आमा समूहले भवनको दुईवटा कोठा वडा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएका छन् । संस्कृति संरक्षण, विकास निर्माण र विकृति न्यूनीकरणमा आमा समूहको प्रभावकारी भूमिका रहेको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । उक्त भवनको सोमबार पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभयो ।

“सरकारी निकायको न्यून सहयोगका बाबजुद दुर्गम गाउँका महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन बनाई विकासमा नमूना काम गरेका छन्” शर्माले भन्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक रुपान्तरणका लागि आमा समूहसँग सहकार्य गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने  निर्णय, बोलायाे आकस्मिक बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने निर्णय, बोलायाे आकस्मिक बैठक
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान
जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ
जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ
ट्याक्सीले हान्दा मोटरसाइकल चालकको मृत्यु
बालिका बलात्कारआरोपमा पाँचथरमा एक पक्राउ
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
युट्युव च्यानल पनि दर्ता हुनु पर्ने
युट्युव च्यानल पनि दर्ता हुनु पर्ने