‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला’

सारांश

  • जाजरकोट – ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला।
  • छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो।
  • पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो।

जाजरकोट – ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो। पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो। पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्ने कोसिस गर्नुस् बरु गाउँकै घरमा गइजाउँला।’

उनी एकोहोरो बोलिरहेकी थिइन्, ‘कोही बचाउन आउँछन् कि अलि जोडले कराउनुस् है, ढिला भए मरिन्छ फेरि।’

पहिरोले घर पुरिँदा चेपिएर आधा घन्टासम्म जीवितै भए पनि उद्धारको अभावमा ज्यान गुमाएकी भेरी नगरपालिका ६ गंगटियाकी सितलाले आफू जीवित रहँदासम्म तीन छोरी र श्रीमान्को मात्रै चिन्ता गरिरहेकी थिइन्। सितलाले जति बोले पनि भत्किएको कोठाको कुनामा काठले चेपिएका लालबहादुरले घाइते श्रीमतीको कुरा सुन्नबाहेक केही गर्न सकेनन्। श्रीमतीको पीडायुक्त बोली मिसिएको सुनेर गाउँलेसँग गुहार माग्न धेरै कोसिस गरे उनले तर गाउँलेको कानमा आवाज पुग्न नपाउँदै सितलाले उनकै काखमा प्राण त्यागिसकेकी थिइन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने काम तीव्र
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राहत र उद्धारमा तदारुकता देखाउन पूर्व राजाको चासो
राहत र उद्धारमा तदारुकता देखाउन पूर्व राजाको चासो
हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा
हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा
किन बोलाए राजपाका शीर्ष नेतालाई प्रधानमन्त्रीले सिंहदरबार ?
किन बोलाए राजपाका शीर्ष नेतालाई प्रधानमन्त्रीले सिंहदरबार ?
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ

तपाईंले छुटाउनुभयो कि?