म्यूजिक सुन्दै निदाउनु सही वा गलत?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
म्यूजिक सुन्दै निदाउनु सही वा गलत?

सारांश

  • काठमाडौँ, १८ मंसिर।
  •   यसमा कुनै दुई मत छैन कि म्युजिक सुन्न हरेकले मन पराउँछ ।
  • मानिस मात्रै होइन, जनावर तथा किरा फट्याङ्ग्राहरुलाई पनि म्यूजिकले मोहित पार्छ ।

काठमाडौँ, १८ मंसिर।  यसमा कुनै दुई मत छैन कि म्युजिक सुन्न हरेकले मन पराउँछ । मानिस मात्रै होइन, जनावर तथा किरा फट्याङ्ग्राहरुलाई पनि म्यूजिकले मोहित पार्छ । जब कुनै गीत हामीलाई मन पर्छ तब दिनमा थुप्रैपटक त्यो गीत सुन्दा पनि बोर लाग्दैन र जति सुन्यो त्यति नै आनन्द प्राप्त गर्छौँ । कैयौँपटक त यस्तो पनि हुन्छ कि मन पर्ने गीतहरु सुन्दै हामी निदाउन पुग्छौँ तर गीत बजिरहेको हुन्छ ।

सुत्नुभन्दा अघि हामीले मिठो र गहिरो निन्द्राका लागि ‘लाइट’ म्यूजिक सुनिरहेका हुन्छौँ जसबाट हामीलाई आनन्दसँगै निद पनि राम्रो लाग्छ ।

तर के यो बानी सुरक्षित छ त ?

एयरफोन लगाएर सुत्नु खतरनाक

कानमा एयरफोन लगाएर सुत्नु जोखिम युक्त रहेको विज्ञले बताएका छन् । यस्तो होइन कि एयरफोन लगाएर सुतेमा ज्यान नै तलमाथि हुन सक्छ तर यो बानीका कारण राम्रो निद नलाग्न सक्छ र यसले हाम्रो श्रवणशक्तिलाई पनि कमजोर पार्न सक्छ ।

धेरै लामो समयदेखि भनिँदै र भोगिँदै आएको छ कि म्यूजिकले आनन्द र राम्रो निन्द्राका लागि मद्दत गर्न सक्छ तर हामी यो बिर्सिदिन्छौँ कि हाम्रो शरीरमा एक आन्तरिक घड़ी हुन्छ जसलाई सरकैडियन रिदम पनि भनिन्छ र यसलाई हामीले पालना गर्नुपर्छ । हामी शरीरलाई कुुनै अरु नै साउण्डमा निर्भर गरिरहेका हुन्छौँ जसले हामीलाई नोक्सान पुर्‍याइरहेको हुन्छ । यदि हामीले नियमित रुपमा आर्टिफिशियल साउण्ड सुनेर निदाउने बानी राखेका छौँ भने यो स्वास्थ्यका लागि फाइदाजनक छैन ।सक्रिय मुडमा रहन्छ ब्रेन (मस्तिष्क)

म्यूजिक सुन्दा हाम्रो निन्द्रा यसकारण प्रभावित हुन्छ कि हामीले म्यूजिक सुन्न आफ्नो स्मार्टफोनको प्रयोग गर्छौँ जसकारण हाम्रो फोन पूरै समय हामीसँग नै हुन्छ ।

यहाँसम्म कि आराम गर्ने र सुतेको समयमा समेत फोन हामीसँग नै हुन्छ, यसले गर्दा हाम्रो ब्रेन रेस्ट गरिरहेको बेला समेत ऐक्टिभ मुडमा हुन्छ र आराम मिल्दैन ।

श्रवणशक्तिमा कमी

म्यूजिक सुन्दासुन्दै सुत्न थाल्यौँ भने हाम्रो ब्रेन राम्रोसँग आराम गर्न पाउँदैन । यसको केही भाग सक्रिय नै रहन्छ जसले गर्दा निन्द्रा राम्रोसँग लाग्दैन र हामी मध्यरातमा उठ्न सक्छौँ । हामीलाई ८ घण्टाको गहिरो निन्द्रा पुगेन भने मुटुको चाल बढ्न सक्छ जो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

सुत्ने समयमा एयरफोन लगायौँ भने कानको श्रवणशक्ति पनि कमजोर हुन सक्छ । यदि आवाज ठूलो पारेर म्यूजिक सुन्न थाल्यौँ भने यो श्रवणशक्ति कमजोर पार्न अझ खतरनाक हुन सक्छ । सुत्नेबेला कानमा एयरफोन लगायौँ भने कानको छालामा प्रेशर पर्न सक्छ जसले गर्दा कानको छाला सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ ।

त्यसो भए म्यूजिक सुन्न बन्द गर्ने त ?

हरेक रात सुरक्षित र मिठो निन्द्रा प्राप्त गर्नु सबैको प्राथमिकतामा हुनुपर्छ । यदि म्यूजिक सुनेर नै हामीलाई राम्रो निन्द्रा लाग्छ भने पक्कै पनि म्यूजिक सुन्नुपर्छ तर एयरफोन लगाएर होइन ।

फोनलाई बिस्ताराबाट अलि टाढा राखेर सानो आवाजमा म्यूजिक सुन्दा राम्रो हुन्छ । यसले हाम्रो शरीरको प्राकृतिक स्लीपिङ्ग प्याटर्न प्रभावित हुँदैन । यो याद राख्न जरुरी छ कि म्यूजिकले हाम्रो मुडलाई लाइट बनाउँछ, जसकारण हामीलाई राम्रो निन्द्रा लाग्छ तर यसले हामीलाई गहिरो निन्द्रा भने दिँदैन । यसकारण सुत्नका लागि पिसफुल म्यूजिकमा निर्भर बन्नु हुँदैन बरु यस्तो बानी र जीवनशैली अपनाउँ जसले गर्दा हामीलाई रातमा गहिरो र मिठो निन्द्रा आफै परोस् ।

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुले लिए शपथ
प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरुले लिए शपथ
आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई
आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
सगरमाथा अञ्चल अस्पताल लथालिंग
सगरमाथा अञ्चल अस्पताल लथालिंग
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
Nepal Government introduces Agriculture Forestry Policy to boost agro-forest products.
Nepal Government introduces Agriculture Forestry Policy to boost agro-forest products.
संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित
संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?