लैला मज्नुकाे ट्रेलर सार्वजनिक !
सारांश
- प्रेमकाे प्रतिमुर्ति मानिने लैला मज्नुकाे कथा एकपटक फेरी ठूलाे पर्दामा देखाइने भएकाे छ ।
- फिल्मकाे निर्देशन बलिउडका चर्चित लवस्टाेरी डिरेक्टर इम्तियाज अलीले गरेका छन् ।
- लैला मज्नुकाे प्रेमकहानीलाई फरक ढंगले देखाइएकाे फिल्मकाे ट्रेलर मंगलबार सार्वजनिक गरिएकाे छ ।
प्रेमकाे प्रतिमुर्ति मानिने लैला मज्नुकाे कथा एकपटक फेरी ठूलाे पर्दामा देखाइने भएकाे छ । फिल्मकाे निर्देशन बलिउडका चर्चित लवस्टाेरी डिरेक्टर इम्तियाज अलीले गरेका छन् । लैला मज्नुकाे प्रेमकहानीलाई फरक ढंगले देखाइएकाे फिल्मकाे ट्रेलर मंगलबार सार्वजनिक गरिएकाे छ । सम्पुर्ण फिल्मकाे शुटिङ कश्मिर क्षेत्रमा गरिएकाे छ । धेरै नयाँ कलाकार रहेकाे यस फिल्मलाई चाखलाग्दाे ढंगले प्रस्तुत गरिएकाे छ ।
इम्तियाज अलीकाे निर्देशन रहेकाे यस फिल्मलाई एकता कपूरले निर्माण गरेकि हुन् । कश्मिरकाे सुन्दर वातावरण सहित त्यहाँकाे कालाे यथार्थलाई पनि फिल्ममा देखाईएकाे छ ।
भ्यालेन्टाइन डे काे दिन पारेर यस फिल्मकाे फर्स्ट लुक सार्वजनिक गरिएकाे थियाे । फिल्म भने यसै वर्षकाे ७ सितम्बरमा रिलिज हुँदैछ ।
प्रतिक्रिया