पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप

सारांश

  • काठमाडौँ ।
  • महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपा विप्लव समुहका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित पक्राउ परेका तीन जनालाई ५ दिन म्याद थपेको छ ।
  • प्रहरी टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा पक्राउ गरेको थियो ।

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपा विप्लव समुहका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित पक्राउ परेका तीन जनालाई ५ दिन म्याद थपेको छ ।

प्रहरी टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा१४प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा ७ करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?