अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको मृत्यु, पाँच जना अझै बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको  मृत्यु, पाँच जना अझै बेपत्ता

सारांश

  • कास्की, २३ भदाै ।
  • बेगनास तालमा डुंगा पल्टिएर तालमा खसेकी एक महिलाको उद्दारपछि उपचारको क्रममा मृत्यु भएको छ ।
  • शनिबार दिउँसो माईत दर खान जाने क्रममा ९ जना बेगनासतालमा दुई वटा डुंगा पल्टिएको हो।

कास्की, २३ भदाै । बेगनास तालमा डुंगा पल्टिएर तालमा खसेकी एक महिलाको उद्दारपछि उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो माईत दर खान जाने क्रममा ९ जना बेगनासतालमा दुई वटा डुंगा पल्टिएको हो। उद्दारपछि लेखनाथको मोहरियास्थित लायन्स सामुदायिक अस्पतालमा उपचारको क्रममा ५१ वर्षीया कृष्ण कुमारी कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अझै ५ जना हराइरहेका छन्। उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तालबाट ४ जनालाई जिवितै उद्दार गरिएको थियो। ती मध्ये एकको मृत्यु भएको हो।  उद्दार गरिएका बाँकी ३ जनाको अवस्था खतरामुक्त छ ।  प्राप्त जानकारी अनुसार डुंगाघाटबाट दुईवटा डुंगा लिएर ९ जना महिलाहरु दरखान तालको सिरान तर्फ गएका थिए । बच्चा तालमा खसेपछि आमा आत्तिदैं उद्दार गर्न तालमा हामफालेपछि दुवै डुंगाको सन्तुलन गुम्दा पल्टिएका थिए । बेगनासको लिब्दी टुडाँमा डुंगा पल्टिएपछि स्थानीय जलारी युवतीले देखेपछि उद्दार टोलीलाई खबर गरेकी थिईन् । उनीसँगै अन्य स्थानीयको सहयोगमा उद्दार थालिएको थियो । हराउनेमा दुई जना बालबालिका रहेको बुझिएको छ । प्रहरीले खोजीकार्य भईरहेको जनाएको छ ।

तालमा डुंगा सयर गर्न अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनुपर्छ । तर उनीहरु आफ्नै डुंगा लिएर गएको आशंका गरिएको छ । टिकट काटेर डुंगा सयर गर्नेलाई अनिवार्य लाइफ ज्याकेट दिईन्छ । आफनै डुंगा भएकै कारण उनीहरु लाइफ ज्याकेट विना नै डुंगा लिएर गएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?