कस्तो आउला सरकारको नीति तथा कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कस्तो आउला सरकारको नीति तथा कार्यक्रम

सारांश

  • काठमाडौँ, ७ जेठ -आज सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ ।
  • संघीय संरचनामा गएको केपी शर्मा ओली नेतृत्वको वाम सरकारले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वैठकमा मार्फत सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

काठमाडौँ, ७ जेठ -आज सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ । संघीय संरचनामा गएको केपी शर्मा ओली नेतृत्वको वाम सरकारले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वैठकमा मार्फत सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
संघीय संसद नयाँ बानेश्वरमा आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

पहिलो पटक संघीय संसदले ल्याउन लागेको कार्यक्रममा सरकारका नीति, योजना र भावी कार्यक्रमहरु रहनेछन् । संघीय संरचनाको पहिलो नीति तथा कार्यक्रम रहेकाले कस्तो आउला भन्ने निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?