ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्छ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्छ : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं, ११ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएकोप्रति सार्वजनिक रुपमै कडा आपत्ति प्रकट गरेका छन् ।
  • नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न कडा चेतावनी समेत दिए ।

काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएकोप्रति सार्वजनिक रुपमै कडा आपत्ति प्रकट गरेका छन् ।

नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न कडा चेतावनी समेत दिए । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपालको संविधान उत्कृष्ट भएको दाबी गर्दै भने, म सार्वभौम प्रधानमन्त्रीको नाताले एउटा अनुरोध गर्छु, ईयुले आफ्नो प्रतिवेदन तत्काल सच्याउनुपर्छ, आफ्नो देशमा प्रतिनिधित्व गराएर देखाई भैगयो नि, हाम्रो त ८० प्रतिशत नागरिकले मत खसालेको छन् । त्यो नबुझेर हो त ?

नेपाली जनताले अरुबाट हेपिएको महसुस गरेकोले ईयुले तत्काल आफ्नो प्रतिवेदन सच्याउनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Indra Khajum

    Arakshan vaneko ke ho hamro pm lai nai thaha xaina jasto xa?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?