बेनीमा पक्की पदमार्ग निर्माण !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
बेनीमा पक्की पदमार्ग निर्माण !

सारांश

  • बेनी, २४ साउन ।
  • रघुगङ्गा गाउँपालिका–१ बेगमा पदमार्ग निर्माण गरिएको छ ।
  • बेग–बाँदुक जोड्ने झोलुङ्गे पुलदेखि बेगको देउराली पुग्ने बाटोमा पक्की पदमार्ग निर्माण गरिएको हो ।

बेनी, २४ साउन । रघुगङ्गा गाउँपालिका–१ बेगमा पदमार्ग निर्माण गरिएको छ । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुलदेखि बेगको देउराली पुग्ने बाटोमा पक्की पदमार्ग निर्माण गरिएको हो । झोलुङ्गे पुल रहेको काउलेदेखि ठूलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजनाअन्तर्गत यस वर्ष ७०० मिटर पक्की पदमार्ग निर्माण गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए ।

वडा कार्यालयले आव २०७४÷७५ का लागि सो योजनामा गाउँपालिकाबाट रु ४८ लाख विनियोजन गरिएको थियो । सो बजेटबाट वडा कार्यालयले खोप केन्द्र भवन निर्माणका लागि रु दुई लाख खर्च गरी स्थानीयवासीबाट श्रमदान जुटाएर पदमार्ग निर्माण गरेको हो । “पर्यटक भित्र्याउने लक्ष्यका साथ पुराना गोरेटोबाटोलाई आकर्षक पदमार्गमा रुपान्तरण गर्न लागेका छौँँ, पदमार्गको काम अझै बाँकी छ, गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, फगामीले भने ।

सिँढी चिनेर ढलान गरिएको सो पदमार्गमा रेलिङ निर्माण गर्ने योजना छ । चालू आवमा गाउँपालिकाले विनियोजन गरेको रु चार लाख ५० हजारमा ६० मिटर रेलिङ निर्माण गरिएको छ । नेपालकै लामो पुल भएकाले आन्तरिक तथा बाह्य पर्यटक भम्रणमा आउने भएकाले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग, चौतारी, खानेपानीको धारा, प्रतिक्षालयलगायत पूर्वाधार निर्माण गर्न थालिएको छ ।

अहिले झोलुङ्गे पुलको छेउमा चौतारो निर्माण भइरहेको छ । प्रतिक्षालय र खानेपानीको कामसमेत भइरहेको छ । पदमार्गको बीचमा स्थानीयवासी हिमलाल गर्बुजाको स्मृतिमा उनको परिवारले चौतारो निर्माण गरिरहेको छ । सोही ठाउँमा लोकबहादुर फगामीले प्रतिक्षालय निर्माण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी
स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
यदी ट्रम्प शरणार्थी भएका भए…
यदी ट्रम्प शरणार्थी भएका भए…
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन?
राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन?
कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?
कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?
चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !
चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !
‘बालबालिकालाई परिचालकका रुपमा प्रयोग नगरौँ’
‘बालबालिकालाई परिचालकका रुपमा प्रयोग नगरौँ’
सरकारी स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान नपाउने
सरकारी स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान नपाउने
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल
सबल कांग्रेसका लागि समयमा १४ औं महाधिवेशन र तत्काल भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन आवश्यक : वरिष्ठ नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?