१० दिनमा ७ घन्टा बैठक बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २६, २०७७
|
|
२२ पटक हेरिएको
Shares
१० दिनमा ७ घन्टा बैठक बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य

सारांश

  • राष्ट्रिय सभाको अधिवेशन अन्त घोषणा भएको छ ।
  • आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो अधिवेशन अन्त भएको राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सुनाएर जानकारी दिएका हुन् ।
  • १० दिन बसेको राष्ट्रियसभा बैठक जम्मा ७ घन्टा चलेको तिमिल्सिनाले बताए ।

राष्ट्रिय सभाको अधिवेशन अन्त घोषणा भएको छ । आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो अधिवेशन अन्त भएको राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सुनाएर जानकारी दिएका हुन् ।

१० दिन बसेको राष्ट्रियसभा बैठक जम्मा ७ घन्टा चलेको तिमिल्सिनाले बताए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । उनले सांसदरुको प्रश्नको जवाफ पनि दिएका थिए ।

यसअघि मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय गरेको थियो । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्तको सिफारिश राष्ट्रपति समक्ष गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?