निकुञ्ज घुम्ने पर्यटक बढ्दै !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
निकुञ्ज घुम्ने पर्यटक बढ्दै !

सारांश

  • कञ्चनपुर, २७ साउन ।
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या बढेको छ ।
  • आव २०७४÷७५ मा चार हजार ७४० पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।

कञ्चनपुर, २७ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या बढेको छ ।

आव २०७४÷७५ मा चार हजार ७४० पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । आन्तरिक चार हजार २८१, सार्क मुुलुकका २६६ तथा अन्य देशका १९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३÷७४ को तुलनामा २०७४÷७५ मा पर्यटक दोब्बरले बढेका छन् ।

आव २०७३÷७४ मा दुई हजार ६४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आन्तरिक दुई हजार ३७३, सार्क मुलुकका १३० तथा अन्य मुलुकका १३७ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । अघिल्लो आवमा एक हजार ६४९ पर्यटकले अवलोकन गरेका थिए । आन्तरिक एक हजार ६४९, सार्क मुलुकका ९५ र विदेशी एक १७५ पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए । निकुञ्जको प्रचारप्रसार, आरक्षबाट निकुञ्जको स्तरोन्नति तथा निजी क्षेत्रले पर्यटक आकर्षित गर्ने गतिविधि बढाएका कारण पर्यटकको संख्यामा वृद्धि भएको निमित्त मुख्य संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो ।

निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यकको रोजाइँमा घाँसे मैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एक सिङ्गे गैंँडा, हात्ती, बाह्रसिङ्गे, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल तथा विभिन्न प्रजातीका चरा पर्ने गरेका छन् । दैनिक सातदेखि १० जना बाह्य पर्यटक निकुञ्ज घुम्न आउने गरेको घिमिरेले बताउनुभयो । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गेको बथान र दुर्लभ पशुपक्षी तथा वनस्पतीका लागि प्रसिद्ध छ । घुम्न आउने पर्यटकले घाँसेमैदान, रानी ताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुङ्गे पुल, कालिकिच ताल तथा निकुञ्जभित्रका सिमसार क्षेत्रको अवलोकन गर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड प्रस्थान
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड प्रस्थान
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
भ्रष्टाचारीलाई उन्मुक्ति दिनुहुँदैन भन्नेमा हामी एक ठाँउमा छौँ : मन्त्री गुरुङ
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला…
हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला…
कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए
कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
गाजामा इजरायली हमलामा कम्तीमा ३३ जनाको मृत्यु
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
अधिकार जति मन्त्रीलाइ राज्यमन्त्री ‘पेन्डुलम’
अधिकार जति मन्त्रीलाइ राज्यमन्त्री ‘पेन्डुलम’
दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा
दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा
पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)
पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?