पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
पर्यटन मन्त्री याेगेश भट्टराईविरूद्ध नाराबाजी सहित हातपातको प्रयास (भिडियो सहित)

सारांश

  • नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ ।
  • मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् ।
  • बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे ।

नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् ।

बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरका विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे । जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएको बाँके प्रहरीले जनाएको छ । मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

उक्त जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए । उनकै शुभचिन्तकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । यात्रुले मन्त्री भट्टराई को हो ? भन्दै नाराबाजी गरेको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?