अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउँदै

सारांश

  • अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउने भएको छ ।
  • हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यू लाइफ नाम रहेको उक्त आत्मवृतान्त डिसेम्बर १५ सार्वजनिक गरिने भएको छ ।
  • अंग्रेजी भाषामा रहेको किताव पेन्गुइन इण्डियाले प्रकाशन गरेको हो ।

अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउने भएको छ । हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यू लाइफ नाम रहेको उक्त आत्मवृतान्त डिसेम्बर १५ सार्वजनिक गरिने भएको छ । अंग्रेजी भाषामा रहेको किताव पेन्गुइन इण्डियाले प्रकाशन गरेको हो । आत्मवृतान्तमा मनिषाले आफुलाई क्यान्सर रोग लागे पछि क्यान्सर विरुद्धको लडाइ बारे विस्तृतमा उल्लेख गरेकी छिन् । अंग्रेजीमा लेखिएको किताव मनिषाले लेखक नीलम कुमारसँग संयुक्तरुपमा लेखेकी हुन् ।

ट्वीटरबाट मनिषाले एक महिना पछि आफ्नो आत्मवृतान्त आउन लागेको बताएकी हुन् । पाठेघरमा क्यान्सर भए पछि क्यान्सरसँग जुध्न गरेको अथक प्रयास नै कितावको मुख्य विषय भएको प्रकाशकले उल्लेख गरेका छन् । २४० पृष्ठको कितावको मुल्य ३७४ भारतीय रुपैयाँ राखिएको छ । नेपाली फिल्म फेरि भेटौलामा अभिनय गरेपछि मुम्बई पुगेकी मनिषाले बलिउडमा सौदागर फिल्मबाट डेब्यू गरेकी थिइन् । उनलाई २०१२ मा क्यान्सर देखिएको थियो । पछिल्लो पटक उनले सञ्जय दत्तको बायोपिक फिल्म सञ्जुमा नरगीसको भूमिकामा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?