अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
४० पटक हेरिएको
Shares
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !

सारांश

  • काठमाडौँ , २९ साउन ।
  • अनाथ बालबालिकाहरुको सहयोगार्थ बानेश्वर भीमसेनगोलामा ज्ञान महायज्ञ शिबपुराण सम्पन्न भएको छ l ज्ञान महायज्ञ शिबपुराणमा दैनिक हजारौ भक्तजनहरुले शिब पुराणको कथा प्रबचन श्रबन गर्दै शिब भजनमा रमाउदै उक्त कार्यलाई सफल बनाएका छन l ज्ञान महायज्ञ शिबपुराणको समापन कार्यक्रमा पूर्व अर्थ मन्त्रि डाक्टर शंकर कोईराला, धार्मिक गुरुहरु, समाजसेवीहरु संचारकर्मीहरु तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो l ११ दिन लामो ज्ञान महायज्ञ शिबपुराणमा अनाथ बालबालिकाहरुको लागि खाद्यन्न वितरण गरिएको थियो भने सस्थाले बृद बृदाहरु, बिरामीहरुको लागि फिजियोथेरापीका सम्पूर्ण सामाग्रीहरु समेत खरिद गरि उद्घाटन गरिएको थियो l उक्त अबसरमा लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठका अधक्ष्य रुपेश्मान अमात्यले बृद बृदाहरुलाइ व्यक्तिगत रुपमा समेत खाद्यन्न वितरण गरेका थिए l विश्व हिन्दु सिद्दकाली एकता नेपाल र लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा भीमसेनगोला पुरानो बानेश्वरमा श्रावन १७ गते देखि श्रावन २८ सम्म ज्ञान महायज्ञ शिबपुराण भएको हो l राष्ट्र शान्ति र सदभाबले मानब समाजलाई सरल र सस्कारयुक्त बनाउन सहयोग गर्दछ भन्ने उदेश्य लिएर आचार्य श्री सिताराम तिम्सिना गुरुज्युको मुखराबिन्द बाट ज्ञान महायज्ञ शिबपुराण प्रबचन गरि श्रावन महिनामा शिबको भक्ति गर्दै सम्पूर्ण धर्म अनुरागी भक्तजनहरुको गरिमामय उपस्थितिको साथ  ज्ञान महायज्ञ शिबपुराण सम्पन्न भएको विश्व हिन्दु सिद्दकाली एकता नेपालका अधक्ष्य जनक नेपालले बताएका छन् l बैद्दिक सनातन धर्म सस्कृतिको संरक्षण प्रकृति र सम्पूर्ण जीव जिबात्माको शान्ति र कल्याणको कामना सहित विश्व हिन्दु सिद्दकाली एकता नेपालले राष्ट्रमा रहेका विभिन्न अंगहरुको संरक्षण र सम्बर्धनका क्षेत्रमा रहेर विभिन्न ठाउमा विभिन्न किसिमका धार्मिक शैक्षिक कार्यक्रम गर्दै आएको छ ।
  • साेही शिलशिलामा आत्मानिर्भर हुन अत्यावश्यक शैक्षिक अंग आजभोलि ठुलो बिकृति र विसंगतिको चपेटामा परिरहेको कुरा मुल्यांकन गर्दै यस विश्व हिन्दु सिद्दकाली एकता नेपालले असक्त असाहय, गरिब निमुखा र पिछडिएका बालबालिका हरुलाई सरल एबम सुलभ ढंगले विभिन्न ठाउमा गई शिक्षा प्रदान गर्दै गईरहेको छ ।

काठमाडौँ , २९ साउन । अनाथ बालबालिकाहरुको सहयोगार्थ बानेश्वर भीमसेनगोलामा ज्ञान महायज्ञ शिबपुराण सम्पन्न भएको छ l ज्ञान महायज्ञ शिबपुराणमा दैनिक हजारौ भक्तजनहरुले शिब पुराणको कथा प्रबचन श्रबन गर्दै शिब भजनमा रमाउदै उक्त कार्यलाई सफल बनाएका छन l ज्ञान महायज्ञ शिबपुराणको समापन कार्यक्रमा पूर्व अर्थ मन्त्रि डाक्टर शंकर कोईराला, धार्मिक गुरुहरु, समाजसेवीहरु संचारकर्मीहरु तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो l

११ दिन लामो ज्ञान महायज्ञ शिबपुराणमा अनाथ बालबालिकाहरुको लागि खाद्यन्न वितरण गरिएको थियो भने सस्थाले बृद बृदाहरु, बिरामीहरुको लागि फिजियोथेरापीका सम्पूर्ण सामाग्रीहरु समेत खरिद गरि उद्घाटन गरिएको थियो l उक्त अबसरमा लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठका अधक्ष्य रुपेश्मान अमात्यले बृद बृदाहरुलाइ व्यक्तिगत रुपमा समेत खाद्यन्न वितरण गरेका थिए l

विश्व हिन्दु सिद्दकाली एकता नेपाल र लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा भीमसेनगोला पुरानो बानेश्वरमा श्रावन १७ गते देखि श्रावन २८ सम्म ज्ञान महायज्ञ शिबपुराण भएको हो l राष्ट्र शान्ति र सदभाबले मानब समाजलाई सरल र सस्कारयुक्त बनाउन सहयोग गर्दछ भन्ने उदेश्य लिएर आचार्य श्री सिताराम तिम्सिना गुरुज्युको मुखराबिन्द बाट ज्ञान महायज्ञ शिबपुराण प्रबचन गरि श्रावन महिनामा शिबको भक्ति गर्दै सम्पूर्ण धर्म अनुरागी भक्तजनहरुको गरिमामय उपस्थितिको साथ  ज्ञान महायज्ञ शिबपुराण सम्पन्न भएको विश्व हिन्दु सिद्दकाली एकता नेपालका अधक्ष्य जनक नेपालले बताएका छन् l

बैद्दिक सनातन धर्म सस्कृतिको संरक्षण प्रकृति र सम्पूर्ण जीव जिबात्माको शान्ति र कल्याणको कामना सहित विश्व हिन्दु सिद्दकाली एकता नेपालले राष्ट्रमा रहेका विभिन्न अंगहरुको संरक्षण र सम्बर्धनका क्षेत्रमा रहेर विभिन्न ठाउमा विभिन्न किसिमका धार्मिक शैक्षिक कार्यक्रम गर्दै आएको छ । साेही शिलशिलामा आत्मानिर्भर हुन अत्यावश्यक शैक्षिक अंग आजभोलि ठुलो बिकृति र विसंगतिको चपेटामा परिरहेको कुरा मुल्यांकन गर्दै यस विश्व हिन्दु सिद्दकाली एकता नेपालले असक्त असाहय, गरिब निमुखा र पिछडिएका बालबालिका हरुलाई सरल एबम सुलभ ढंगले विभिन्न ठाउमा गई शिक्षा प्रदान गर्दै गईरहेको छ । धेरै बालबालिकाहरु अझै पनि शिक्षाको ज्योति बाट बन्चित हुनु परेको अबस्थामा त्यस्ता बालबालिकाहरुलाई सरल र सहज तरिकाले शिक्षाको पहुच पुर्याउनका निमित्त लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठको संयुक्त सहकार्यमा ११ दिवसीय संगीतमय ज्ञान महायज्ञ शिबपुराण आयोजना गरिएको थियो l

ज्ञान महायज्ञ शिवपुराणमा यस संस्थाका प्रमुख संरक्षक ज्यो. पण्डित सोम प्रसाद नेपाल र भोजपुरे शम्भु गुरुज्युले प्रवचन तथा पुजा पाठ गरेका थिए ।  ज्ञान महायज्ञ शिबपुराणबाट उठेको रकम अनाथ असाहय बालबालिकाहरुको शिक्षामा लगानी गर्ने लायन्स क्लब अफ नेपाल बुढानिलकण्ठका अधक्ष्य रुपेश्मान अमात्यले बताए l

(https://www.leankitchenco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?