मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २५, २०८१
|
|
३९ पटक हेरिएको
Shares
मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ घाइते

सारांश

  • काठमाडौं।
  • नेपालमा मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।
  • विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौं। नेपालमा मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।

विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन् ।

साथै कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण एक सय ६१ घर डुबानमा परेका र ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छभने तीन सय ३५ पशुचौपाया मरेका प्रवक्ता कार्कीले बताउनुभयो ।

यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा भइरहेका र सडकको अवरोध हटाउने कार्यसमेत जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम
पर्यटन वर्ष २०२० लाई सहयोग गर्न जापानका नेपालीको विशेष कार्यक्रम
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
बैशाख १६ गते बिहिवारको राशिफल यस्तो छ
बैशाख १६ गते बिहिवारको राशिफल यस्तो छ
सरकारले ल्यायो १३ खर्ब को बजेट, कुन कुन क्षेत्रमा कति ?
सरकारले ल्यायो १३ खर्ब को बजेट, कुन कुन क्षेत्रमा कति ?
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : रावल
प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : रावल