अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
सारांश
- काठमाडौ ।
- स्मार्टफोनको दुनियांमा आफनो छुट्टै पहिचान बनाउन सफल युलिफोनका स्मार्टफोनहरु अब नेपाली बजारमा समेत पाईने भएको छ ।
- युरोप र भारतमा रुचाईएका नयां सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएको हो ।
काठमाडौ । स्मार्टफोनको दुनियांमा आफनो छुट्टै पहिचान बनाउन सफल युलिफोनका स्मार्टफोनहरु अब नेपाली बजारमा समेत पाईने भएको छ । युरोप र भारतमा रुचाईएका नयां सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएको हो ।
नेपालको लागि आधिकारिक विक्रेता अदिति ट्रेडलिंक प्रा.लीले युलिफोनका स्मार्ट फोनहरु नेपाली बजारमा ल्याएको हो । नेपालीहरुको स्मार्ट फोन प्रतिको बढ्दो आकर्षण र युलिफोनको स्मार्ट फोनहरु रिजनेवल र नेपालीले अफोर्ड गर्ने खालको भएकोले नेपाली बजारमा भित्रयाएको अदिति ट्रेडलिंक प्रा.लीका प्रवन्ध निर्देशक उमेश अधिकारीले बताए ।
प्रवन्ध निर्देशक अधिकारीका अनुसार सवै खालका ग्राहकलाई लक्षित गरि हाललाई युनिफोनका चार मोडलका स्मार्टफोन ल्याएको जानकारी दिए ।
युलिफोनका स्मार्टफोन
एस ७, नेपाली बजार मूल्य रु . ७,४५५।

एस ७ -१६ जिवी ,बजार मूल्य रु. १०,४९९।

एस ८-बजार मूल्य रु. १२,४९५ ।

मिक्स , बजार मूल्य रु.२२,९९५।

युलिफोनका स्मार्टफोनहरु नेपाली बजार मूल्य ७ हजार देखि २२ हजार सम्म रहेको छ । यी सवै स्मार्टफोनहरुमा ड्युअल क्यामरा, अटो क्यामरा र फ्रन्ट फ्लास र एच डी डिस्प्ले रहेका छन् । व्याट्री टिकाउ हुने युलिफोनका मुख्य विशेषता हो ।
अहिले बजारमा निकै चर्चामा रहेको युलिफोनको नेपालमा अधिकारिक बिक्रेता अदिती ट्रेडिङ्ले काठमाडौं र काठमाडौं बाहिरका जिल्ला , शहरहरुमा बिक्रेता र डिलरहरु चहिएको पनि जनाएको छ । डिलरकोलगी सम्पर्क न 9801130677मा आफ्नो डिटेल्स पठाउन हुन अनुरोध गरेको छ ।
(Klonopin)
प्रतिक्रिया