छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सारांश

  • पाँचथर, ३१ जेठ ।
  • पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।
  • पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

पाँचथर, ३१ जेठ । पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ ।

पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक÷पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेको प्रहरीले बताएको छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री ओली
आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री ओली
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !
‘मेरो सरकार’ शब्दले राष्ट्रपतिलाई किन बनाइयो आलोचित !
झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए
झापाका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिए
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य : उपप्रधानमन्त्री श्रेष्ठ
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
सजिलोको लागि खोलिएको कार्यालयमा सेवाग्राहीलाई उल्टै सास्ती
सजिलोको लागि खोलिएको कार्यालयमा सेवाग्राहीलाई उल्टै सास्ती
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

तपाईंले छुटाउनुभयो कि?